२७ पुष २०७४, बिहीबार

काठमाडौँ : अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा.गोविन्द केसीलाई सामान्य तारेखमा रिहा गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । सर्वोच्चको आदेससँगै उनको पक्षमा वहस गर्ने वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीको जिम्मेवारीमा डाक्टर केसीलाई रिहा गरिएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई तारेखमा राखी अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाड्न आदेश दिएको हो । यसैगरी वहसको क्रममा केसी पक्षधर अधिवक्ताहरुले उठाएको विषयमा पनि फैसला सुनाउँदै प्रधानन्यायाधी पराजुलीको शैक्षिक प्रमाणपत्रबारे न्याय परिषदमा बुझ्ने आदेश भएको छ ।

डा. केसीले लगाएका आरोपबारे अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि मगाउन आदेश दिएको छ । प्रहरी हिरासतबाट रिहा भएपछि डा. केसीले सर्वोच्च अदालतको आदेश सकारात्मक भएको प्रतिक्रिया दिनुभ भएकोछ ।

अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चले पक्राउ गर्न आदेश दिएपछि डा. केसी सोमबार साँझ अनसनस्थलबाटै पक्राउ गर्नु भएको थियो । उहाँलाई मंगलबार सर्वोच्चमा उपस्थित गराएर बयान लिइएको थियो भने बुधबारको बहस पछि फैसला सुनाउँदै सामान्य तारिखमा रिहा गर्ने निर्णय भएको हो । यदपि उनले अनसन भने जारी रहने प्रतिक्रिया दिनु भएको छ । डा. केसीको मुद्दाको पेशी फागुन ८ गतेका लागि तोकिएको छ

प्रतिक्रिया दिनुहोस्

LIVE TV