२६ पुष २०७४, बुधबार

एजेन्सी । बलिउडमा एक जोडीले सानदार घर किनेको खबर बाहिर आएको छ । अहिले पुर्व मिस वल्र्ड तथा चर्चित बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनले एक नयाँ घर किनेका छन् ।

जसको चर्चा बलिउडमा सुरु भएको छ । यी दुईले मुम्बइको बान्द्रा स्थित कुर्ला कम्पलेक्समा एक घर किनेका हुन् । जसको मूल्य भारु २१ करोड भएको बताइएको छ । जुन घर ५५सय स्क्वायर फिटमा फैलिएको छ ।

ऐश्वर्या र अभिषेक अहिले अमिताभ बच्चन र जया बच्चनका साथ बस्दै आएका छन् । समाचार अनुसार उनीहरु अमिताभ र जयासँग छुट्टिएर बस्न चाहन्छन् । त्यसैले पनि उनीहरुले नयाँ घर किनेका हुन् ।

नयाँ घर नजिक अभिनेत्री सोनम कपुरको पनि घर रहेको छ । ७ हजार स्क्वायरफिटमा फैलिएको यो घर सोनमले ३५ करोडमा किनेकी हुन् । अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीले केही पहिले एक घर किनेका थिए । जसको चर्चा बलिउडमा अहिले पनि सेलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV