२६ पुष २०७४, बुधबार

पाँचथर । फालेलुङ गाउँपालिका–३, माङ्लेबुङका क्यान्सर पीडित कालुराम राईलाई प्रवासी समाज मलेसियाले आर्थिक सहयोग गरेको छ ।

फालेलुङ–३ बस्ने क्यान्सर रोगबाट पीडित कालुराम राईलाई बुधबार प्रवासी समाज मलेसियाले एक लाख १२ हजार ६ सय २१ रुपैंयाँ सहयोग प्रदान गरेको हो । राईलाई समाजका अध्यक्ष राजेन्द्र चोङबाङ लिम्बुसहितको टोलीले सहयोग रकम हस्तान्तरण गरेको हो ।

विपन्न परिवारका राईको उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग हस्तान्तरण गरिएको अध्यक्ष चेम्जोङले बताएका छन् । उक्त सहयोग पाएपछि राईले खुशी व्यक्त गरेका छन् । आफले पाएको सहयोगले आफ्नो उपचारमा थप मद्वत पुग्ने र आफू छिट्टै स्वस्थ बन्ने विश्वास व्यक्त गरेका छन् ।

फालेलुङ गाउँपालिका–३, का वडा अध्यक्ष वीरविक्रम थाम्सुहाङ लिम्बुको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी सो सहयोग रकम हस्तान्तरण सन्चारकर्मी उपेन्द्र येक्तेन लिम्बुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV