२६ पुष २०७४, बुधबार

काठमाडौं । ओछ्यानमा नरम तकिया लगाएर सुत्छौ । दिउसोभर काम गरेर थाकेको हुन्छ र तकिया लगाएर आनन्दले निदाउछौ। कुनै पनि कुराको राम्रो पक्ष र नराम्रो पक्ष हुने भएकोले तकियाको पनि छ।

कपाल झर्ने समस्या पनि  सिरानीमा सुत्नुको  एक कारण हुनसक्छ । सिरानीमा कपाल रगडिन्छ र कपाल बीचबाट टुट्न शुरु गर्छ । सिरानीमा  धूलो, कपाल, रौं र तेल जस्ता कुराहरू हुन्छन् ।  त्यसमा भएको फोहोरको कण अनुहारको छिद्रमा पस्छ र बन्द गरिदिन्छ । अनुहार तकियामा रगडिँदा छिट्टै चाउरी पनि पर्छ ।

गर्दन, काँध वा ढाडको समस्या छ भने तत्कालै सिरानी छोड्नुहुँदैन । त्यसो गरेमा राम्रो निद्रा आउन पाउँदैन र तपाईं झर्कोफर्को र तनाव अनुभव हुन्छ ।

सिरानी छोड्न मन लाग्दैन भने त्यसको सरसफाइमा अवश्य ध्यान दिनुपर्छ । हरेक ६ महिनामा  तकिया परिवर्तन गरेमा स्वास्थ्यको लागि लाभादाई हुन्छन्।   सिरानीको खोल सफा राखी  सुत्दाखेरी कपाललाई हल्का बाँध्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV