२६ पुष २०७४, बुधबार

कैलाली ।  अञ्जन बिष्टको उत्कृष्ट गोलमार्फत विभागीय टोली एपीएफ धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

बुधवार भएको क्याटरफाइनलको पहिलो खेलमा सङ्कटा क्लबलाई २ गोल अन्तरले पराजित गर्दै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । बिष्टले गरेको व्यक्तिगत २ गोल नै एपीएफको जितका लागि काफी भयो । उनले पहिलो हाफको २३औं मिनेटमा हेडमार्फत गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए । दोस्रो हाफको ८५औं मिनेटमा बिष्टले नै अर्को गोल थपेर एपीएफको जित सुनिश्चित गरे ।

पहिलो हाफमा एपीएफ सङ्कटा माथि पूर्ण हावी भएपनि दोस्रो हाफमा आक्रामक बनेको सङ्कटाले केहि अवसर पाए पनि गोल गर्न नसक्दा पराजय टार्न सकेन । सेमिफाइनल अन्तरगतको दोस्रो खेलमा बिहिबार त्रिभुवन आर्मी क्लव र थ्रिस्टारबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV