२६ पुष २०७४, बुधबार

इलाम । इलामका युवाहरुले डा गोविन्द केसीको समर्थनमा बुधबार उल्टो र्‍याली निकालेका छन् । जिल्लामा क्रियाशील युवाहरुको अगुवाइमा इलाम सदरमुकाममा उल्टो र्‍याली निकालिएको हो ।

अदालतको अवहेलना मुद्दा खेपिरहेका डा  केसीलाई बिनाशर्त रिहा गरिनुपर्ने र न्यायालयलाई स्वच्छ र समृद्ध बनाउन दबाबस्वरुप उल्टो र्‍याली निकालिएको उनीहरुले बताए ।

मेडिकल शिक्षामा सुधार र गुणस्तरीय स्वास्थ्य सेवा जनतालाई दिलाउन लागिपरेका डा केसीलाई पक्राउ गरिनुले आफूहरुको मनमा चोट पुगेको नागरिक समाज इलामका अगुवा धर्म गौतमको भनाइ छ

प्रतिक्रिया दिनुहोस्

LIVE TV