२६ पुष २०७४, बुधबार

मोरङ । यस वर्षको हिउद मौसममा पहिलो पटक बाक्लो कुहिरोका कारण विराटनगर विमानस्थलबाट हुने सबै उडान र अवतरण रद्द भएको छ ।

उडान रद्द भएपछि करिब ४ सय हवाई यात्रुहरु विमानस्थल पुगेर फर्किएका छन् । केही यात्रुहरु भने महंगो सवारी भाडा लिएर राजधानी तर्फ लागेका छन् । उनीहरुले साढे ३ हजार देखि ४ हजार प्रति व्यक्ति भाडा तिरेर काठमाण्डौ गएका छन् ।

विराटनगरबाट राजधानी काठमाण्डौका लागि बुद्ध एयर, यति एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सका गरी १२ वटा उडान रद्द भएको नेपाल नागरिक उड्डयन कार्यालय विराटनगरले जनाएको छ । यसैगरी विराटनगरबाट पहाडी क्षेत्रको उडान समेत रद्द भएको छ ।

सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी चाहिनेमा बाक्लो कुहिरोका कारण १ हजार २ मिटर मात्र भिजिबिलिटी रहेकोले उडान रद्द भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV