२६ पुष २०७४, बुधबार

अनुष्‍का शर्माद्वारा अभिनित फिल्म ‘परी’को ट्रिजर सार्वजनिक भएको छ।

आफ्नो प्रदर्शन मिति तय गर्दै फिल्मले ट्रिजर सार्वजनिक गरेको हो । ट्रिजरमा अनुष्‍का शर्मा मात्र देखिएकी छन् ।

ट्रिजरको सुरुआतमा सुन्दरी देखिने उनी अन्त्‍यमा पुग्दा डरलाग्दो अवतारमा देखिन्छिन्। ‘परी’ले ९ फेब्रुअरीलाई आफ्नो प्रदर्शन मिति तय गरेको थियो।

तर, यस मितिमा फिल्म ‘ऐयारी’ प्रदर्शनमा आउने भएपछि प्रदर्शन मिति पछिसरेको छ । अब भने ‘परी’ २ मार्चमा प्रदर्शन हुनेछ।

प्रोसित रोय निर्देशित फिल्म ‘परी’मा अनुष्कासँगै रजत कपुर, परमव्रतत चट्टर्जी र रिताभरि चक्रवर्तीको मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV