२६ पुष २०७४, बुधबार

काठमाडौं । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा। गोविन्द केसीले अदालतमा बयान दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्नुपर्ने बताएका छन्।

इजलासमा भइरहेको बहसमै केसीले प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको दोहोर्याएका छन् ।उनको यस्तो अभिव्यक्तिप्रति केही अधिवक्ताहरुले आपत्ति जनाएका थिए ।

डा। केसीविरुद्ध परेको मुद्दाको सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेका बेला केसीले केही बोल्न खोजेपछि समय दिइदा उनले त्यस्तो बताएका हुन् ।

केसीले अदालतको मानहानी गर्ने आफ्नो नियत नभएको बताउँदै  आफ्नो लाडाई भ्रष्ट न्यायाधीशका विरुद्ध भएको बताए।पराजुलीको एसएलसीको सर्टिफिकेट फेला नपरेको, उमेर सच्चाएर नागरिकता लिएको लगायतका विषयमा अनुसन्धान हुनुपर्ने माग गरेका थिए  । केसीले अदालतको विषयमा सार्वजनिक गरेको ११ बुँदे टिप्पणी-

प्रतिक्रिया दिनुहोस्

LIVE TV