२६ पुष २०७४, बुधबार

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ नयाँ प्रोजेक्टमा आबद्ध भएकी छ् । ‘स्पोर्ट्स ड्रामा ‘जान्र्’ मा अनुपबिक्रम शाही र नम्रताले स्कृन सेयर गर्ने पक्का भएको छ ।

केहि दिनपछि नै औपचारिक घोषणाको तयारी भईरहेको फिल्मलाई अशुतोष श्रेष्ठले निर्देशन गर्नेछन् । नम्रता र अनुपबिक्रम फिल्ममा मुख्य अभिनयमा हुनेछन् । नम्रता र अनुपले स्कृन सेयर गर्न लागेको यो पहिलो पटक हो ।

सामाजिक सञ्जाल तथा मिडियाबाट केहि टाढा रहेकी नम्रता यतिबेला उक्त प्रोजेक्टको तयारीमा व्यस्त छिन् । स्कृप्टसँगसँगै फिल्मको पात्रमा भिज्नको लागी नम्रताले निरन्तर शारिरिक व्यायाम गरिरहेकी छिन् । फिल्मले बक्सिङ (मार्सल आर्ट्स) को कथा पेश गर्ने श्रोत बताउँछ ।

उता अनुपबिक्रमले भने पछिल्लो पटक फिल्म ‘लिलिबिली’को युरोप छायाँकन सकाएर नेपाल फर्केका छन् । रिलिजको फिल्म ‘कृ’मा उनले निभाएको भुमिकालाई लिएर दर्शकमा प्रतिक्षा बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV