२६ पुष २०७४, बुधबार

काठमाडौं । पुराना फिल्मकर्मी छविराज ओझाको ‘मंगलम’ र अभिनेत्री श्वेता खड्काको ‘कान्छी’ फिल्म फागुन ४ मा रिलिज हुने भनिएको थियो । तर अब ओझा निर्देशित फिल्म ‘मगलम’को रिलिज मिति सरेको छ । त्यसोत श्वेताको फिल्म ‘कान्छी’ले सोलो रिलिजको अवसर पाएको छ।

अब ओझाले आफ्नो फिल्मलाई फागुन २५ मा मात्र दर्शकमाझ रिलिजमा ल्याउने भएका छन् ।

त्यसोत, ओझाको यस निर्णयले स्वेताको ‘कान्छी’लाई फाइदा पुग्ने भएको छ । अनमोल केसी अभिनित अर्को प्रतीक्षित फिल्म ‘कृ’सँग प्रर्दशन मिति माघ २६ मा जुध्ने भएपछि श्वेताले ‘कान्छी’को प्रर्दशन मिति सारेर फागुन ४ मा पुर्‍याएकी थिइन्।

सोही मितिमा छवी ओझाले ुमंगलमु प्रर्दशन गर्ने पक्का गरेका थिए । मंगलमले यसअघि दशैंको छेको पारेर असोज ११ का लागि प्रर्दशनको तयारी गरेको थियो ।

फागुन २५ मा डिस्ट्रिब्युटर्सले मंगलमबाहेक अरु कुनै फिल्म नचलाउने सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV