२६ पुष २०७४, बुधबार

काठमाडौँ । फिल्म मिस्टर झोलेले कभर भिडियो प्रतियोगिताको विजेता घोषणा भएको छ। उत्कृष्ट तीन भिडियोलाई सोमबार नगद पुरस्कार प्रदान गरियो। प्रतियोगितामा पोखराको डान्स ग्रुप क्रिष्टल क्लजले प्रथम स्थान हात पार्‍यो। त्यस्तै किसन एण्ड डान्स क्रु र डाइनामिक क्रु क्रमशस् दोस्रो र तेस्रो भए।

राजधानीमा प्रेसमिट आयोजना गर्दै टिमले पहिलोलाई १ लाख ५५ हजार, दोस्रोलाई १ लाख २५ हजार र तेस्रो हुनेलाई १ लाख ५ हजार नगदको चेक हस्तान्तरण गर्यो ।प्रतियोगिताको बारेमा बोल्दै निर्देशक रामबाबू गुरुङले भने ‘एक महिना अगाडी घोषणा गरिएको कभर भिडियो कम्पिटिसनमा सुरुवाती चरणमा एउटा भिडियो मात्र प्राप्त भएको थियो । तिन पुरस्कार घोषणा गरिएको प्रतियोगितामा दुई कसलाई दिने भन्ने अवस्था पनि सिर्जना भयो । अन्ततस् निर्धारित समयसम्म २५ भिडियो दर्ता भए । ‘मिस्टर झोले’ टिम नै बसेर ‘कन्सेप्ट र पफमेन्स’का आधारमा उत्कृष्ट टप ३ चयन गरेका हौ ।’

पुष २८ गते प्रदर्शनमा आउने सिनेमा प्रतिक्षित छ । ‘मिस्टर झोले’मा दयाहाङ राई, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV