२६ पुष २०७४, बुधबार

डोटी  । डोटीमा माघीका लागि तरुल खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक बालकको ज्यान गएको छ ।

जोरायल गाउँपालिका–३ सरस्वतिनगरको नौकुणाका ओमबहादुर मगरका १० वर्षका छोरा तुलबहादुर मगरको ज्यान गएको हो ।

घर नजिकैको जंगलमा तरुल खनिरहेका बेला माथिबाट माटोको ढिस्को खसेर पुरिउका मगरको तत्काल उद्धार हुन नस्कदा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV