२६ पुष २०७४, बुधबार

एजेन्सी । न्युयोर्कस्थित ट्रम्प टावरको छानामा सोमबार आगलागी भएको छ। अमेरिकी अग्नि नियन्त्रण विभागका अनुसार आगो निभाउने क्रममा दुईजना सामान्य घाइते भएका छन्।

स्थानीय समयअनुसार बिहान ७ बजे न्युयोर्कको मिड टाउन म्यानह्याटनमा रहेको ५८ तले गगनचुम्बी भवनको छानाबाट आगो सल्किएको थियो।

न्युयोर्कको फिफ्थ एभेन्युमा रहेको उक्त भवनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन जानुपूर्व ट्रम्प र उनको परिवारका सदस्य बस्दै आएका थिए । टावरमा आगलागी हुँदा राष्ट्रपति ट्रम्प वासिङटनमा थिए ।

विभागले तत्कालै अग्निनियन्त्रणका लागि एक समूह पठाई एक घण्टाभित्रै आगो नियन्त्रणमा लिएको थियो भने आगलागी भएको तलालाई वातानुकूलित बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV