२६ पुष २०७४, बुधबार

लोकेन्द्र खनाल

रुकुम। रुकुममा प्रविधिक शिक्षा प्रदान गर्ने थुप्रै शैक्षिक संस्था खुलेका छन् । तर, संचालनमा रहेका मध्ये अधिकांश अवैध रहेको खुलेको छ । आफु अध्ययनरत शैक्षिक संस्था अवैध रहेको थाहा पाएपछि अध्ययनरत बिद्यार्थी भने आन्दोलित भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को एक टोलीले रुकुम सदरमुकाम क्षेत्रमा प्राविधिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा चार इन्स्टिच्युट अवैध भेटिए । आफु अध्ययन गरिरहेको इन्स्टिच्युट नै अवैध भएपछि बिद्यार्थी आन्दोलित भएका छन् । विद्यार्थीलाई ठग्ने हेतुले खोलिएका इन्स्टिच्युटले अवैध व्यापार गरिरहेकोले तुरुन्तै कारवाही हुनुपर्ने विद्यार्थीले माग गरेका छन् ।

अवैध रुपमा संचालनमा रहेका यस्ता प्राविधिक शिक्षालयहरुले कृषि जेटीए, भेटेनरी जेटीए, अमिन, ओभरसियर लगायतको कोर्ष पढाउने भन्दै बिद्यार्थीबाट महंगो शुल्क असुल्ने गरेका छन् । तर, जुनसुकै बिवषय पढाए पनि शिक्षण संस्था नै अवैध भएपछि बिद्यातर्थीको भविष्य अन्योलमा परेको भन्दै नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले पनि कारवाहीको माग गरेको छ ।

अनुगमनको क्रममा सदरमुकाम खलंगामा सञ्चालनमा रहेका वेस्टर्न नेपाल टेक्निकल इन्स्टिच्युट, सारांशी टेक्निकल कलेज, स्यार्पू पोलिटेक्निकल इन्स्टिच्युट र रुकुम मल्टिटेक्निकल कलेजले अवैध रहेको पत्ता लागेको थियो । यी इन्स्टिच्युटले सीटीईभीटीबाट सिधै अनुमति लिनुको साटो दाङमा संचालित इन्स्टिच्युटबाट शाखा संचालन गरेको पाइएको छ । कानुन त यसरी शाखा संचालन गर्नु पाइदैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV