२६ पुष २०७४, बुधबार

काठमाडौँ, २५ पुस ।अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका विषयमा प्रमुख राजनीतिक दलहरु भने मौन देखिएका छन् ।
एमालेले औपचारिक रुपमा केही नबोले पनि केही नेताहरुले भने विरोध जनाइरहेका छन् ।

यसैगरी, काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्रीले शेरबहादुर देउवा आफूलाई थाहा नदिई प्रहरीले पक्राउ गरेको भन्दै पन्छिएका हुन् । जबकी उनले गृहमन्त्रालयको जिम्मेवारी समेत आफै सम्हालिरहेका छन् । तर, प्रधानमन्त्रीले लज्जास्पद अभिव्यक्ति दिएर आफू अपजसबाट पन्छन खोजेको देखिएको छ ।
काँग्रेसका युवा नेता गगन थापा लगायत भने केसीको पक्राउको विरोधमा छन् । थापाले मंगलबार माइतीघर मण्डलामा पुगेर केसीको अभियानलाई समर्थन जनाए ।माओवादी केन्द्रले पनि औपचारिक रुपमा केही बोलेको छैन् । माओवादी अध्यक्ष प्रचण्ड मौन देखिएका छन् ।

यता, पक्राउको केहीबेरमै सामाजिक सञ्जालबाट आपत्ति जनाएका नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा। भट्टराई भने मंगलबार बिहानै सिंहदरबारस्थित प्रहरी वृत्तमा पुगी डा। केसीलाई भेटेका छन् । केसीका समर्थकले आह्वान गरेको प्रदर्शनमा सहभागी हुन उनी मंगलबार माइतीघर मण्डला पनि पुगे । यस्तै विवेकशिल साझ पार्टीको संयोजक रबिन्द्र मिश्र पनि केसीका आह्वान गरेको प्रदर्शनमा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV