२६ पुष २०७४, बुधबार

मुलुकको न्यायालय आज चर्चाको शिखरमा छ । न्यायालय, अझ सर्वोच्च अदालत र त्यस माथी पनि प्रधानान्याधिसका विषयमा यति धेरै टिका टिप्पणी विरलै हुने गर्दछ । सत्याग्रही अभियन्ता डा.गोविन्द केसीलाई सवोच्च अदालतको आदेशमा थुनामा राखी मंगलबार बयानका लागि अदालत लगियो । विभिन्न माग राखी पटक पटक अनसन बस्दै आएका चिकित्सक डा. केसीले यस पटक अन्य माग सँगै प्रधानान्यायधिस गोपाल पराजुलीको वरखास्तीको माग राखे । डा. केसीका आजसम्मका सारा मागहरु उचित वा अनुचित थिए भन्ने बारे टिप्पणी गर्न चाहन्न तर श्रीमान, विसगंती विरुद्व बोल्ने अधिकार त हामीलाई लोकतन्त्रले दिइसक्यो नि ।

के विसगंती विरुद्व बोल्ने अधिकारलाई संकुचित पार्न सकिन्छ ? तर यस घटनामा जुन फास्ट ट्याक शैलीमा डा. केसीलाई समातियो र अदालतमा बुझाइयो त्यसबारे बोल्ने अनुमती पाउँ श्रीमान । श्रीमान यो मुलुकमा २ लाख ९५ हजार भन्दा बढि मुद्वा छन् । न्याय पाउने आसामा कतिका लाली जोवन सकिए, कतिका खेतबारी सकिए, कतिका परिवार विस्थापीत भए । न्याय पाउने आशामा अदालत छिरेको नौ जवान आज अशतm, जर्जर वृद्ध भैसक्यो । न्याय खोज्न अदालत छिरेका कति जना तारिख, पेशी धाउँदा धाउँदा मरिसके । बलियो छिमेकीले निर्धो छिमेकीको साँध सिमाना मिचिदिन्छ । न्याय माग्न जाँदा वकिल वकिलकै सेटीङ मिलिसक्छ । मुलुकमा गरीबले न्याय पाउने वातावरण छदै छैन श्रीमान

। अदालतले न्याय दिएन भन्नेहरुलाई टुडीखेलमा हाजीर गराउनु भन्ने आदेश दिइ हेर्नुस श्रीमान, टुडीखेल भरीन्छ, न्याय नपाएका, न्याय पर्खीएका र अन्यायमा परेकाहरुको भिड नियन्त्रण गर्न सकिने छैन । सेटीङ मिलाउन न्यायलय वरपर सल्बलाउने दलालहरु मुद्वाको मोलमोलाई गर्छन भन्ने कुरा ओप्पन सिक्रेट भैसक्यो । अर्थ लगाउनेले यहि अभिव्यतmीलाई पनि अदालतको अपहेलना भन्न सक्छन् । तर श्रीमान यो अदालतको अपहेलना होइन, बरु अदालतलाई देखाएर न्यायको व्यापार गर्नेहरुको विरुद्व ओकलीएको आगो मात्रै हो ।

गरीब, निमुखा र आवाज विहिनहरुलाई कुनै फटाहाले चाह्यो भने आजीवन अदालतको चक्करमा फसाइदिन सक्छ, त्यसको विरोध नगर्ने श्रीमान ? आयल निगम काण्डमा गोपाल खड्काले पुर्नवहाली पाएको, एनसेलले लाभकर तिर्नु नपर्ने निर्णय भएको, चुडामणी शर्माले राजश्व छलीमा उन्मुतmी पाएको जस्ता कयाँै फैसलाहरु चित्त नबुझाएर त्यसका विरुद्व धेरैले बोले । त्यस हिसाबले १/२ जनाले होइन श्रीमान, हजाराँै लाखौँले सम्मानीत अदालतको अपहेलना गरे । सबलाई पक्रने र फास्ट ट्याकमा अदालतमा झिकाउने हो भने देशमा जेलहरु बढाआँै । सुनुवाइ नभएर थन्कीएका सर्वसाधारण मानिसका मुद्वाहरुमा धुलो जमीसके, गाला र निधारमा ८० अ‍ोटा मुजा परीसके, कति त कुर्दा कुर्दै परमधाम भैसके तर श्रीमानको बर्खास्तीको माग राखेर अनसन बसेको ४ घण्टामै डा केसी समातीए र भोली पल्टै बयानमा उपस्थीत गराइए । बस यही स्पीड सर्वसाधारणको मुद्वामा पनि देखीए क्या मज्जा आउँथ्यो होला ।

कत्राकत्रा अपराधिहरु बर्षौदेखी फरार भै टोपलेका छन् तर अनसन बसेका एक सत्याग्रही भाग्ला भन्ने पीर परेर होला सुपर फास्ट ट्याक्मा समातिए । श्रीमान र श्रीमानहरुले गरेको फैसलाहरु न्यायोचित भएनन भने पटक पटक बोल्न कराउन र चिच्याउन पाइन्छ । यति बोल्दा अपहेलनाको मुद्वा हामी माथी चाही नलागोस श्रीमान नत्र कतिखेर हाम्रो मुख बन्द होला भनेर दाउ हेरेर बसेकाहरुको हड्डी हाँस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV