२६ पुष २०७४, बुधबार

काठमाडौं । खेलमा हार जित हुन्छ। जुनै खेलाडी पनि जित्न चाहन्छन्। तर कहिलेकाँही परिस्थिती फरक बन्छ। कहिले स्वास्थ्यले साथ नदिदा खेल छाड्नुपर्छ। कहिले अर्काको लागि पनि खेल छाडिन्छ।

झापाको बितामोड बजारमा जारी राखेप च्याम्पियनसिअन्तर्गत २७औं पुरुष र आठौं महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको चौथो दिन महिलातर्फ ५१ केजी तौल समूहमा दिदि बहिनी सेमिफाइनल पुगिन् । दाङकी दिदिबहिनी बहिनी बिमला थापामग र गिताकुमारी थापामगर सेमिफाइनल पुगेका थिए। तर यी दुई एक आपसमा भिडेनन्। बहिनी बिमलाले आर्मीकी गिताकुमारीका लागि खेल परित्याग गरिन्।

सोहि तौल समूहमा एपीएफकी माला राईले पनि फाईनलमा पुगिन्। उनले नक्सालकी रोशनी राईलाई ५–० अंकको आधारमा पराजित गरेकी थिईन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV