२५ पुष २०७४, मंगलवार
  • चोकमा बाईक चालकलाई कुट्ने ट्राफिक प्रहरी माथि कारवाहि शुरु

कार्यक्रमको यस अघिको श्रृङखलामा काठमाडौको कंलकी चोकमा ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुट्दै गरको भिडियो प्रशारण ग¥यौ ।

कलंकी चोकमा लेन क्रस गरेका पवनसिंह बस्नेतलाई ड्युटीमा खटिएका मंगल चौधरीले सडकमा लडाएरै कुटेका थिए ।
हामीले रिपोर्टीङको क्रममा अनुसन्धान गर्दा ट्राफिक प्रहरी र कुटीने पवनसिह बस्नेतले यो घटना गुपचुपा पार्न खोजेका थिए । ट्राफिक प्रहरीले सामान्य विवाद भन्दै एक दिन थुनामा समेत बसेका स्यम पवनसिंह बस्नेतले आफुले कुटाइ नखाएका बताएका थिए ।

यो बिषयमा हामीले कंलकी स्थीत ट्राफिक प्रहरी प्रभागका इन्सपेक्टर बिमल थापासँग कुरा गर्दा उनले पवनसिंह बस्नेतले सामान्य विवाद भएको भन्दै पवन सिंह बस्नेतले ट्राफिक जवानमाथी हात पात गरेको उल्टो आरोप लगाए ।

ट्राफिक प्रहरीले सवै तिरबाट आफ्नो बचाउ गरिरहे पनि भिडियोले भने सत्य बोलिसकेको छ । यदि पवनले ट्राफिक प्रहरी मंगल चौधरी माथि हातपत गरेका थिए भने किन उन्ले पवनलाई प्रहरी हिरासतमा लिएन्न् ।

उनि उल्टो घटना स्थल छाडेर गईरहेका बेला पवन आफै आएर किन हातपात गरेको भनि सोधिरहेका बेला उल्टो मंगल चौधरीले कुटपिट गरेको भिडियोले स्पष्ट बोलिरहेको छ ।

लाईभ कार्यक्रममा कलंकी ट्राफिक प्रहरी ईन्चार्ज विमल थापाले शुरुमा पवनले आक्रमण गरेको भनि आफ्नो बचाउ गरेपनि हामीले रिपोर्ट प्रशारण गरेपछि ट्राफिक मंगल चौधरी माथि कारवाहि भईरहेको छ ।कलंकीका ट्राफिक ईन्चार्ज विमल थापाकै अनुसार मंगल चौधरीलाई कारवाहिको प्रकृया अघाडि बढीसकेको छ ।

  • निशुल्क पाउने फारम निजि पसलबाट किन्नु पर्ने बाध्यता

नारायणी यातयात कार्यालय विरगञ्जको शाखाका रुपमा सञ्चालित यातायता सेवा कार्यालय हेटौंडामा सेवाग्राहीलाई कार्यालयले निशुल्क उपलब्ध गराउनु पर्ने फारम निजि पसलबाट किन्नु पर्ने बाध्यता छ ।

कार्यालयमा सवारी नविकरण, जाँचपास, सवारी पटके लगाएतका कामको लागि आवश्यक फारमहरु कार्यालयमा नभएको भन्दै कार्यालय छेउका किराना, तथा चिया, पान पसलबाट किन्न लगाइन्छ ।

यो कार्यालयमा बर्षौ देखी यी फरामहरु नभएको भन्दै कर्मचारीहरुले बाहिर पठाउने गरेका छन् ।

सवारी नविकरणको लागि आवश्यक फारम सेवाग्राहीले निशुल्क पाउनु पर्ने हो तर यहाँ कार्यालय बाहिरका खुद्रा पसलहरुमा २५ देखी ५० रुपयाँै तिरेर किन्न बाध्य छन् ।

सेवाग्राहीले यो बिषयमा धेरै गुनासो गरेपछि हाम्रा मकवानपुर स्थीत टिभी जर्नलिष्ट देवराज पन्त आँफै सवारी नविकरण गर्नका लागि कार्यालय पुग्दा कर्मचारीहरुले फारम बाहिरबाट किनेर ल्याउन लगाए ।

कार्यालयले सेवा शुल्क समेत लिने गरेकोछ भने यातायात कार्यालय स्टेशनरी, मसलन्द खर्च भन्दै बार्षिक करोडौ रकम खर्च हुन्छ, तर सेवाग्राही ती सामग्री प्रयोगबाट बञ्चित भएका छन् ।

यातायात सेवा कार्यालय हेटौंडाले मात्र दैनिक ६ देखि ८ लाख सम्म राजश्व बुझ्दै आएको छ ।

  • लुम्बिनी अञ्चल अस्पताल परिसर फोहरै फोहर

रुपन्देहीको बुटवल स्थीत लुम्बीनी अञ्चल अस्पतालको आकस्मिक कक्ष अघाडि नै खुल्ला नाली बग्छ ।

यति मात्र होईन अस्ताताल यति फोहर छ कि यहा सामान्य मानिस आएपछि विरामी पर्छ । अस्पतालको शौचालयको अवस्था पनि त्यस्तै छ । अझै अस्पतालमा प्रयोग गरिएका सिरीन्ज त जता ततै भेटिन्छन् ।

आककस्मिक कक्षमा भर्ना हुने बिरामी र उनका कुरुवाले शौचालय प्रयोग गर्न सक्ने अवस्था छैन । अस्पताल परिसरमा भएको फोहरका कारण अझै रोगको संक्रमण बढीरहेको छ ।

प्रयोग भएका सिरिन्जहरु अस्पताल परिसरमा जत्र त्यत्र फलिएका भेटिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV