२५ पुष २०७४, मंगलवार

काठमाडौं । माओवादी केन्द्र र एमालेको पार्टी एकता संयोजन समितिको बैठकले छ सदस्यीय कार्यदल बनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको समितिको बैठकले राष्ट्रिय सभा र प्रदेश सरकार गठनबारे गृहकार्य गर्न ६ सदस्यीय कार्यदल बनाइएको हो । कार्यदलमा एमाले र माओवादीका ३ / ३ जना नेता छन् ।

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।

कार्यदललाई राष्ट्रिय सभा र प्रदेश सरकार गठनबारे गृहकार्य गरी नेतृत्व सामु रिपोर्ट बुझाउन भनिएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक पार्टी एकता संयोजन समितिको बैठक बसेको यो पहिलो हो ।

बैठकले न्यूनतम संवैधानिक, कानुनी प्रक्रिया र दैनिक कार्य सञ्चालन बाहेक अन्य निर्णय नगर्न सरकारलाई भनेको छ । साथै, प्रदेशको अस्थायी मुकाम तोक्न पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV