२५ पुष २०७४, मंगलवार
  • गणेश खनिया,

काठमाडौं । टोखा काठमाडौं उपत्यकाको पुरानो शहर मध्येको एक हो । त्यसैले टोखाको ऐतिहासिक र सांस्कृतिक महत्व रहदै आएको छ । टोखाको इतिहासलाई झन् टोखामा उत्पादित चाकुले पनि चिनाउने काम गर्दछ ।

टोखालाई चाकु उत्पादनको उद्घम् बिन्दु भन्दा पनि हुन्छ किनभने टोखावाट नै चाकुको व्यवसायीक यात्रा अगाडी बढेको र अहिले बिश्वबजारमा समेत यहि चाकु निर्यात हुन थालेको ।

माघे संक्रान्ति नजिकिदै जाँदा अहिले टोखामा चाकुको व्यवसायीक उत्पादन गर्दै आएका व्यवसायीलाई भ्याई नभ्याई छ । यमुरी पूर्णिमा र माघे संक्रान्ति नजिकिदै जाँदा नेवारी समुदायमा चाखु संस्कृतिले बिशेष महत्व पाउने गर्दछ । चाकुको हरेक नेपाली समुदायमा छुट्टै महत्व रहेको छ ।

अझ नेवार समुदायका विभिन्न चाडपर्वमा यसको अलगै पहिचान रहेको छ । पौराणिक महत्व बोकेको चाकु संस्कृतिमा कमी आउन नदिन टोखाबासी लागि परेका छन् ।

उनीहरु चाकुको बखान मात्र गर्दैनन् यसको महत्व पनि दर्शाउँछन् । सम्पदा संरक्षण डवुका अध्यक्ष मनिराज डंगोल र उपाध्यक्ष धर्मराज श्रेष्ठ यतिवेला टोखा शहरको महत्व र इतिहास केलाउनमा नै व्यस्त छन । अहिले उनिहरु टोखावाट उत्पादिन चाकु र चाकु संस्कृतिको वारमा बखान खुव आकर्षक शैलीमा बताउने गर्दछन ।

अहिले टोखा नगरपालिका वडा नम्वर ३ मा रहेका चाकु उद्योगीहरुलाई बोल्ने फूर्सदसम्म छैन । उनिहरुलाई माघे सक्रान्तिमा माग हुने चाकु उत्पादनमा भ्याईनभ्याइ छ ।

चाकु खाने संस्कृति र महत्व बुझ्न टोखा आफैंमा पर्याप्त छ । चाकु उत्पादनको व्यवसायीक इतिहास अष्टमान श्रेष्ठसँग जोडिएको छ । अहिले अष्टमानको चौथो पुस्ताले समेत यसै व्यवसायलाई नै निरन्तरता दिएको छ ।

अष्टमानका छोरा र नातीहरुले समेत पुख्र्यौली पेशालाई नै अवलम्वन गरिरहेका छन् । उत्पादन बिश्वबजारसम्म पुग्ने गरेको दावी गर्दछन तर पनि बाह्रै महिना चाकु उत्पादनमा लागेर गुजारा चलाउन अझै पनि उनिहरुलाई धौ धौ पर्दछ । चाकु व्यवसायी सवैको एउटै आवाज भेटिन्छ कि आफनो पुर्खयौली पेशाको निरन्तरता नै हो ।

अहिले टोखामा झण्डै दर्जनको हाराहारीमा चाकु उद्योगहरु रहेका छन । उपभोक्ताहरुले टोखाको चाकुलाई अधिक मन पराउने गरेका कारण पनि टोखामा यो व्यवसाय फष्टाउँदो छ ।

त्यतिमात्र होइन, नयाँ पुस्तामा समेत यस व्यवसायमा आकर्षण देखिन्छ । तर पनि चाकुको मात्र उत्पादनले व्यवसाया धान्न भने सक्ने अवस्थामा पुगेका छैनन ।

टोखामा पहिले पहिले उखु प्रशस्त उत्पादन हुने भएकाले टोखाको नामाङकरण नै उखुवाट भएको हो । चाकु बनाउन सखर प्रयोग हुने भएकाले चाकुको इतिहास टोखामा भेटिने गर्दछ ।

तर अहिले राजधानीमा बढ्दो बसाई सराईका कारण काठमाडौं क्षेत्रका खाली उर्वर भूमि घना वस्तीमा परिणत भएको छ । आफुसँग उखु उत्पादन गर्ने स्थान टोखामा नभएपछि व्यवसायीहरु चाकु बनाउने सखर तराईवाट नै आयात गर्नु पर्ने अवस्थामा पुगेका छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV