२५ पुष २०७४, मंगलवार

काठमाडौं । सत्य निरुपण आयोगले अपेक्षाकृत कार्यसम्पादन गर्न नसकेको सशस्त्र द्धन्दका पीडित परिवारले दुखेसो पोखेका छन् ।

मंगलवार आयोगको कार्यालय पुगेर आयोगले अपेक्षाकृत काम नगरेको गुनासो पोखेका हुन ।

आयोगको कार्यालय पुगेका पीडित परिवारले आयोगका पदाधिकारीसँगको छलफलमा दुखेसो पोखेका हुन ।
न्याय खोज्दै आयोग पुगेका पीडित परिवारलाई आयोगका सदस्यले काम गर्न अप्ठेरो रहेको प्रतिकृया दिएपछि पीडितले दुखेसो पोखेका हुन ।
पीडित परिवारले आफुहरु रात दिन न्यायको पर्खाइमा बसेको भए पनि आयोगले काम गर्न नसकेको आरोप लगाए ।

सशस्त्र द्धन्द्धको क्रममा १७ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए भने १५ सय भन्दा बढी बेपत्ता पारिएका थिए ।
तिनै घटनाका पीडक र पीडितबीच मेलमिलाप गराउन सत्य निरुपण आयोग बनेको हो । तर, आयोगले अपेक्षाकृत काम गर्न नसकेको भन्दै गुनासो बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV