२५ पुष २०७४, मंगलवार
  • कबिन्द्र सेर्मा,

पाँचथर । इच्छा भए उपाय अनेक । एकै स्थानमा अनेकौ बाली लगाएर आम्दानी बढाउन सकिन्छ । यतिबेला पाँचथरका किसान यसरीनै आम्दानी गरिरहेका छन् ।

जनसंख्या बृद्धिसंगै जमिन अभाव हुन थालेपछि पाँचथरका किसान घुसुवा खेतीतर्फ आकर्षित भएका छन् ।

प्रायः किसानले खेतबारीमा एक सिजनमा निश्चित एक बाली मात्र लगाउँछन् । तर, जनसंख्या बढेसँगै अब भने एक सिजनमा निश्चित एक बाली मात्र लगाउने परम्परागत शैलीले कामगर्ने छैन ।

त्यसैले, पाँचथरका किसान घुसुवा बालीमा आकर्षित भएका हुन । पाँचथरका किसानले मुख्यबालीसँगै अन्य बाली समेत एकै ठाउँमा रोप्न थालेका छन् । उनीहरुको आम्दानी पनि बढेको छ ।

जमिन कम हुँदै गएपछि पाँचथरका किसानले धेरै अन्न उत्पादन गर्न घुसुवा विधी अपनाउ थालेका हुन ।

बजार क्षेत्रमा घर टहरा बन्ने क्रम बढेपछि खेति योग्य जमिनको अभाव हुन थालेका छ । बिकसित देशमा विभिन्न प्रबिधिबाट एकै छानामुनी विभिन्न प्रकारका खेती गर्ने तरिकाको सिको गर्दै पाँचथरका किसानले घुसुवा विधिमा खेती गर्न थालेका हुन ।

अहिले पनि गाउँघरमा परम्परागत शैलीमै खेती हुँदै आएको छ । तर, अब भने परम्परागत शैलीको खेतीमार्फत कृषकको जीवनशैली उकालो लाग्न सक्दैन । त्यसैले व्यवसायीक खेतीतर्फ कृषकलाई प्रोत्साहित गर्ने योजना बन्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV