२५ पुष २०७४, मंगलवार

धनुषा । नियमनकारी निकायको प्रभावकारी अनुगमन नहुँदा धनुषाको जनकपुर एकीकृत शहरी विकास अयोजना गुणस्तरहिन निर्माण भएको पाईएको छ ।

आयोजना अन्तर्गत निर्माणाधिन सडक तथा पर्खाल मापदण्ड अनुरुप नभएको स्थानीयहरुको आरोप छ । निर्माण कम्पनीको लापरवाही र जनकपुर उपमहानगरपालिकाको हेलचेक्र्याई पूर्वाधार निर्माणमा प्रष्टै देखिएको छ ।

जनकपुर एकीकृत शहरी विकास आयोजना अन्तर्गतका निर्माणाधिन सडक तथा पर्खाल गुणस्तरहिन मात्र छैन काम नै सुस्त बनेको छ ।

जनकपुर उपमहानगरपालिका एकीकृत शहरी विकास आयोजना, आयोजना कार्यान्वयन ईकाई कार्यालयले उच्च प्राथमिकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको दावी गरेपनि त्यसमा सत्यता नभएको स्थानीयको आरोप छ ।

कार्यालयका अनुसार जनकपुर भित्र ९ दशमलव २९ किलोमिटर सडक र ३२ किलोमिटर अत्याधुनिक नाला निर्माण गर्नु पर्नेछ । यद्यपी जनकपुरको भानु चौक, मिल्स एरिया, रेल्वे स्टेशन, कदम चोक लगायतका स्थानमा मापदण्ड विपरित पर्खाल निर्माण भईरहेको स्थानीको अरोप छ ।

एसीयाली विकास बैंक एडीबीको आर्थिक सहयोगमा अगाडि बढाईएको उक्त आयोजनाको पर्खाल निर्माण गर्दा कम्प्याक्ट र रोलर गर्नु पर्ने हुन्छ । ठेकेदारले बढि मुनाफा कमाउने उद्देश्यले कम्प्याक्ट र रोलर नै नचलाई पर्खाल निर्माण गरेका छन् । तर, पेटी ठेकेदारले कार्यालयको र मूल ठेकेदारकै निर्देशनमा काम गरेको बताएका छन् ।

कार्यालय र कन्सलटेन्टको डिजाईन अनुसार नै निर्माण भईरहेको मूल ठेकेदार कम्पनी रमण कन्ट्रक्शनका साईट इन्जिनियर अवधकिशोर साहको दावी छ ।

कार्यालयका अनुसार ९८ करोड ८१ लाख रुपैयाँमा निर्माणका लागि २३ डिसेम्बर २०१५ मा कार्यालय र जेड.आई.ई.सी. एण्ड शर्मा जेभी संग सम्झौता भएको थियो ।

सम्झौता अनुरुप निर्माण कम्पनीले २०१७ डिसेम्बर भित्र निर्माण सम्पन्न पर्नेथियो । तर जेड.आई.ई.सी. एण्ड शर्मा जेभीले आफैले काम नगरेर जनकपुरका रमण कन्ट्रक्शनलाई कामको जिम्मा दिएको खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV