२५ पुष २०७४, मंगलवार

एजेन्सी । बलिउड अभिनेता शत्रुघ्न सिन्हाको घर भत्काई दिईएको छ । भारतीय जनता पार्टीका सांसद समेत रहेका सिन्हाको द्धर मुम्बई महानगरपालिकाले भत्काई दिएको हो ।

मुम्बईको जुहुमा रहेको ८ तले घर नगरपालिकाको नियम मिचेर बनाईएकोले भत्काईएको भातीय सञ्चार माध्यमले जनाएका छन् ।

सांसद तथा अभिनेता सिन्हाले ‘रामायण’मा छत र भुइँतलामा विना ईजाजत शौचालय र पुजा घर बनाएको आरोप रहेको छ । नगर निगमले २ पटक सम्म पत्र पठाए पनि जवाफमा केहि नआएपछि महानगरपालिकाले घरको अवैध भाग भत्काई दिएको हो ।

भत्काईएको जुन घरमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको साथमा उनको सबै परिवार बस्दै आएका छन् । घर भत्काईएको समयमा शत्रुघ्न निवासमै रहेको भए पनि यस विषयमा उनले कुनै अपत्ति नजनाएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV