२५ पुष २०७४, मंगलवार

काठमाडौं । हास्यटेलिश्रृंखला ‘भद्रगोल’का चर्चित कलाकार कुमार कट्टेल जिग्रीले आफ्नै दाईभाउजु सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई थुन्न भन्दै आक्रोश पोखेका छन् ।

सोमबार डाक्टर गोबिन्द केसीलाई अदालतको अपहेलना गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि त्यसको बिरोधमा कुमारले यस्तो भनेका हुन् ।

डाक्टर केसीको पक्राउ सम्बन्धमा अहिले सामाजिक संजालमा चर्को बिरोध भईरहेको छ । फेसबुकमा एक स्टाटस लेख्दै कुमारले धुर्मुुस–सुन्तली, रबि लामिछाने, महाबिर पुन, कुलमान घिसिङ लगायतका सबैलाई पक्राउ गर्न आक्रोश सहित अनुरोध गरेका छन् । यस्तो छ उनले लेखेका स्टाटसः

मेरो प्रिय सरकार

डा गोबिन्द केसी लाई मात्र किन ?

मिल्छ भने धुर्मुस सुन्तलि, रबी लामिछाने, महाबिर पुन , कुलामान घिसिङ लाई पनि लगेर थुन्देन  कमसे कम हामी ३ करोड नेपाली जनताहरु एकै चोटी सडकमा गएर तिमीहरु जस्ता भ्रष्ट नालायक कपुत हरुलाई मिल्काएर
यो देश उहाँहरु जस्तो नेपाल आमाका सपुतहरुलाई जिम्मा लगाउन त पाउथ्यौ।

भ्रष्टाचारको अन्त ,सुशासन ,पूर्ण लोकतन्त्र र विकाशको लागी अव जनताको जनआन्दोलन -३ हुनु पर्दछ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV