२५ पुष २०७४, मंगलवार

काठमाडौँ । राष्ट्रिय जनमोर्चा नेपालले डा.गोविन्द केसीको तत्काल रिहाई गर्न माग गरेको छ ।

डा.केसीको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनमोर्चाले उनीमाथि राज्यले अपनाएको रबैयाको घोर विरोध समेत गरेको विज्ञप्तिमार्फत बताएको हो ।

संविधानले नागरिकहरूलाई अभिव्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गरेको जनमोर्चाले जनाएको छ । त्यसका साथै देशको न्याय प्रणाली स्वच्छ र निष्पक्ष प्रकारको होस् भनेर आवाज उठाउनु पनि सबै नागरिकहरूको अधिकारको कुरा भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘त्यो अवस्थामा नागरिकलाई प्राप्त संवैधानिक अधिकारको प्रयोग गरेको तथा न्याय प्रणालीको स्वच्छता र निष्पक्षतामा जोड दिएको कारणले डा। केसीलाई गिरफ्तार गर्नु सही भएको छैन ।

उनको गिरफ्तारीका लागि पनि जुन तरिका अपनाइयो, त्यो न्यायसंगत रहेको छैन । उनलाई गिरफ्तार गर्दा पनि कुनै अपराधिलाई जस्तै रातको समयमा गिरफ्तार गरियो ।

उनीसित व्यवहार गर्दा कानूनको न्यायीक संयमताको पनि पालना गरेको देखिएन । हाम्रो पार्टीले उनीप्रतिको त्यस प्रकारको व्यवहारको विरोध गर्दै डा। केसीको शीघ्र रिहाईको माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV