२५ पुष २०७४, मंगलवार

वनेपा । काभ्रेका कृयाशील राजनीतिक दल, निर्वाचित सांसदहरु,पूर्व सांसदहरु तथा सामाजिक संघ संगठनले काभ्रे नै प्रदेश ३ को राजधानी हुनुपर्ने माग अघि सारेका छन् । प्रदेश नंम्बर ३ को राजधानी काभ्रेनै उपयुक्त रहेको भन्दै काभ्रेमा शान्तिपूर्ण दवाव कार्यक्रम गरिएको छ ।

काभ्रेवाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सबै सांसदहरुको सहभागितामा काभ्रेलाई प्रदेशको राजधानी बनाउन आवश्यक रहेको भन्दै शान्तिपूर्ण दवाव कार्यक्रम आयोजना गरिएको हो । काभ्रेमा रहेका दलहरु सांसदहरु सामाजिक संघ संथाहरुले काभ्रेलाई राजधानी बनाउन माग गरेका हुन् ।

उपत्यका केन्द्रीय राजधानी हुने भएकाले काभ्रे उपत्यका बाहिरको सबैभन्दा उपयुक्त स्थान रहेको अभियानकर्ताहरुको जिकिर छ ।

संघीय राजधानी समेत पर्ने प्रदेश नं ३ को राजधानी काभ्रे बनाइनुपर्छ भनेर विभिन्न समयमा सर्वदलीय, सर्वपक्षीय भेला बसेर निर्णय भएर सामुहिक अभियान समेत चलाइदै आइएको थियो । तर काभ्रे सबैभन्दा चर्चामा रहेपनि केही दिनदेखि फरक जिल्लाको चर्चा चलेपछि काभ्रेलाई बनाउन दवाव सुरु गरेको उद्योग वाणिज्य संघ काभ्रेले जनाएको छ ।

३ नं प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, रामेछाप लगायतका जिल्लाको सिमाना नै काभ्रेसँग जोडिएको छ । दोलखा, रसुवा, धादिङ, चितवन र नुवाकोट पनि दुरीका हिसाबले नजिक रहेकाले काभ्रे उत्तम रहेको दावी गरिएको छ ।

चीन जोड्ने अरनिको राजमार्ग र भारत जोड्ने वीपी राजमार्गको मिलनबिन्दु काभ्रे भएकाले भक्तपुरदेखि धुलिखेलसम्मको सडकलाई ६ लेनमा विस्तार गर्ने प्रकृया नै अघि बढिसकेकोले राजधानी काठमाडौंसम्मको दुरी २५ मिनेटको रहनुले पनि काभ्रे राजधानीका लागि उपयुक्र्त रहेकाले राजधान्ी बनाउन आवश्यक अभियानकर्ताहरुको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV