२५ पुष २०७४, मंगलवार

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माघ २४ गते अगाडि नयाँ सरकार गठनको सम्भावना टरेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा सचिव भट्टराईले माघ २४ गते अगाडि नयाँ सरकार गठनको सम्भावना टरेको बताउनुभएको हो । सरकारले राष्ट्रियसभाको निर्वाचन नतोकेका कारण सरकार गठन प्रकृया पछि धकेलिएको सचिव भट्टराईको दावी रहेको छ ।

राष्ट्रियसभाको निर्वाचनका गर्न कुनै समस्या नरहेपनि सरकारले सत्ता लम्ब्याउन निर्वाचन नगरेको समेत सचिव भट्टराईले आरोप लगाउनु भयो ।
सरकारले प्रदेशको अस्थायी राजधानी नतोकेको विषयमा समेत सचिव भट्टराईले असन्तुष्टि व्यक्त गर्नु भएको छ । राजधानीका लागि सरकारले प्रस्ताव गरेको ठाउँको विषयलाई लिएर विरोध हुन थालेपछि सरकार पछि हटेको उहाँको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV