२५ पुष २०७४, मंगलवार

काठमाडौं । ढोरपाटन महिला डबल लिग भलिबलको १३ औ संस्करणको सह–प्रायोजक युएम आईएमइ अर्टोमोटिप्सले प्रतियोगिता आयोजक ढोरपाटन स्पोर्टस क्लबलाई साँचो हस्तान्तरण गरेको छ ।

युएम आईएमइ अर्टोमोटिप्स प्रालीले चार उत्कृष्ट खेलाडी र एक दर्शकका लागि जम्मा ५ स्कुटरको प्रायोजन गर्ने भएको छ । आयोजक ढोरपाटनले सोमबार एक कार्यक्रम गर्दै साचो बुझेको हो ।

युएमका डिभिजन हेड उज्वल जोशीले ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्याललाई स्कुटीको साचो हस्तान्तरण गरे । पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के, युएम आईएमइ अर्टोमोटिप्सका डिभिजन प्रमुख उज्वल जोसी,अ ायोजक क्लबका उपाध्यक्ष किरण घायल, महासचिव देबिन्द्र घर्तिमगरलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितालाई इनर्जी ड्रिङ्स रेडबुलले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको सह–प्रायोजकको रुपमा युएम आईएमइ अर्टोमोटिप्ससँगै सामाखुसी बोडिङ स्कुल (सेब), बिजी मल र जिमी गु्रप रहेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा माघ ४ देखि १९ सम्म हुने प्रतियोगितामा विभागीय टोलि सशत्र प्रहरीको एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस,न्यु डायमन्ड एकेडमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, पोखराको टप्स हाई स्कुल, पुर्वान्चल क्षेत्रिय महिला भलिबल, काठमाण्डौंको पारामाउन्ट हाइ स्कुल,भक्तपुरको स्प्रिङडेल इङलिस स्कुल,श्री गाउँ स्पोर्ट्स विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्री स्टार एकेडमीको सहभागिता रहेको छ । साबिक बिजेता रिड मोडल कलेजले भने सहभागिता जनाएको छैन ।

प्रतियोगितामा सहभागि टिमले विदेशी ४ खेलाडी राख्न पाउने प्रवधान छ । तर प्लेइङ सिक्समा भने ३ खेलाडीे मात्र कोर्टमा उत्रन पाउने आयोजकले जनाएको छ ।

। प्रतियोगिताको विजेताले ३ लाख २५ हजार र उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेलाई ५० हजार, पाचौँ हुनेले ४० हजार,छैठौं हुनेले ३० हजार र सातौं हुने टिमले २० हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिताको अर्को आकर्षकको रुपमा रहेको ५ युएम पावरम्याक्स स्कुटर हो । चार विधामा उत्कुष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन् ।

बेष्ट प्लेयर , राइजिङ्ग प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटरका हकदार हुने छन् । प्रतियोगिताका बेष्ट स्पाईकर, डिफेन्स,सेटर, सर्भिर,ब्लकर,उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलाई जनही ५ हजार पुरस्कार पनि दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको १३ औं संस्करणमा एक दर्शकले समेत स्कुटर पाउने भएका छन् । प्रतियोगिताको अन्तिम दिन टिकट काटेर खेल हेर्न गएकामध्ये एक दर्शकले लक्की ड्रबाट स्कुटर जित्नेछन् । प्रत्येक दिन एक दर्शकले लक्की ‘ड्र’बाट डाइमण्ड मोबाइल पनि पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV