२५ पुष २०७४, मंगलवार

आफ्नो ड्रिम प्रोजेक्ट फिल्म ‘कायरा’छायाङ्कनको लागी नायक आर्यन सिग्देल फिलिपिन्स उडेका छन् । आफ्नै होम प्रोडक्सनबाट निर्माण हुन लागेको ‘कायरा’लाई लिएर टिम सहित सोमबार राती चलचित्र युनिट फिलिपिन्स उडेको हो । श्रीमान् र टिमलाई बिदाइ गर्न श्रीमती सपना भण्डारी एयरपोर्ट पुगेकी थिइन् ।

चलचित्रमा आर्यनसँग नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रोमान्स गर्दै छिन् । ‘इन्टु मिन्टु लडण्न’को छायाङ्कनको लागी स्रामाज्ञी लण्डनमा छिन् ।उनी लण्डनबाट नै फिलिपिन्स जानेछिन् । साम्राज्ञीले यस चलचित्रको लागी १० लाख पारश्रमिक लिएको बताइएको छ ।

लक्ष्मण रिजालको निर्देशन रहने चलचित्र कायराको अधिंकास छायाङ्कन फिलिपिन्समा हुने छ । निर्माण पक्षको अनुसार चलचित्र युनिट करिब एक महिना सम्म फिलिपिन्समा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV