२५ पुष २०७४, मंगलवार

नुवाकोट । भूकम्प प्रभावितको घर बनाउन नुवाकोट मजदुरबीच झडप हुँदा एकजनाको ज्यान गएको छ ।

विदुर नगरपालिका–२ शेरामा घर बनाउने काम गर्दै आएका बर्दियाको राजापुर–१० घर भएका ३६ वर्षिय रघुनाथ सिग्देलको राजापुर–१० कै २२ वर्षिय सन्तोष रोकाको कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका झडप हुँदा पेटमा गम्भीर चोट लागेका रघुनाथलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । मंगलबार बिहान घाइते रघुनाथको उपचारको क्रममा ज्यान गएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । झडपमा संलग्न सन्तोष रोकालाई प्रहरीले मंगलबार नै पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV