२५ पुष २०७४, मंगलवार

एजेन्सी । ऐश्वर्य बच्चन लागि नयाँ वर्ष भाग्यमानी साबित भएको छ । उनले फिल्म ‘रात र दिन’ लागि भारु १० करोड पाउने पक्का भईकसेको छ । साथमा उनको पोल्टामा अर्को फिल्म पनि आउँने भएको छ ।

उनले जस्मिन फिल्मको अफर प्राप्त गरेकी छन् भने यो फिल्म सरोगेसीमा आधारित फिल्म रहेको जनाइएको छ । यो फिल्म वास्तविक कथामा आधारीत रहेको छ ।

गत वर्ष यसै फिल्मको लागि अर्की अभिनेत्री अनुष्का शर्मासँग कुरा भएपनि फाइनल गरिएको थिएन ।

मुम्बई मिररको एक साक्षात्कारमा फिल्मका लागि निर्माता प्ररणा रावले दिएको बयान अनुसार ऐश्वर्य जास्मिन फिल्ममा सरोगेटिभ महिलाको भूमिका निर्वाह गर्न सक्नेछिन् । यो फिल्म एक वास्तविक कथामा आधारित छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV