२५ पुष २०७४, मंगलवार

काठमाण्डौ,पुस २५। सरकारले प्रदेश कार्यसञ्चालनका लागि भन्दै अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । प्रदेशसभाका सदस्यलाई शपथ गराउने लगायत प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरुरी कार्य तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले अस्थायी रुपमा स्थान तोक्न आवश्यक तयारी गरिरहेकोे जनाएको हो ।

नेपालको संविधान धारा २८८ को उपधारा (२) मा प्रदेशको राजधानी भने सम्बन्धित प्रदेशसभाबाट निर्णय भएबमोजिम हुने व्यवस्था रहेकाले सोही व्यवस्थाबमोजिम प्रदेशसभाले नै तोक्ने तयारी सरकारले गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता डिल्लीराम शर्माले विज्ञप्ति जारी गर्दै प्रदेशसभाको बैठक बसी प्रदेशको राजधानी नतोकेसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न नेपाल सरकारबाट स्थान तोक्नुपर्ने संवैधानिक बाध्यात्मक व्यवस्था रहेको भन्दै सरकारले तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

सम्भवत अव बस्ने मन्त्रीपरिषद् वैठकले प्रदेश राजधानी र प्रदेश प्रमुख तोक्ने छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV