२५ पुष २०७४, मंगलवार

चीन । चीनको मध्य तथा पुर्वी प्रान्तमा परेको हिमपातका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ । एक हप्तादेखि निरन्तर परेको हिमपातमा मृत्यु भएकाहरुको संख्या अझै बढ्न सक्ने चीनको प्रकोप न्युनिकरण राष्ट्रिय आयोगले जनाएको छ ।

भिषण हिउ बर्षा र हिउआँधीका कारण थुप्रै घरहरु पूरिएका छन् भने कृषिबाली नष्ट भएको र विद्युत सेवा अवरुद्ध भएको छ । शान्छी, हेनान, हुबेई, अन्हुई र जिआङसु प्रान्तहरु हिउँबाट बढी प्रभावित भएका छन् । झण्डै तीन हजार ७सय जना विस्थापित भएका छन् भने १४ हजार जना भन्दा बढी मानिसलाई आपत्कालीन सेवाको आवश्यकता रहेको जनाइएको छ ।

आयोगका अनुसार झण्डै सात सय घर ध्वस्त भएको र २८ सय घरमा क्षती पुगेको छ । खराब मौसमले झण्डै दुई लाख ३३ हजार १सय हेक्टर क्षेत्रफलको कृषीभूमीमा असर पारेको छ । त्यस मध्ये आठ हजार एक सय हेक्टर क्षेत्रफलको बालीनाली नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV