२४ पुष २०७४, सोमबार
  • कृष्ण पाण्डे,

रुपन्देह । बुटवल बजारमा पछिल्लो समय यातायातका साधनको चाप बढ्दै गएको छ । तीब्र शहरीकरणको क्रममा रहेको बुटबलमा यातायातका साधनको चाप बढ्ेसँगै ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको छ ।

यातायातका साधनको चाप बढेसँगै बुटवल आसपासका सडक अस्तव्यस्त बनेको छ ।
बुटवलमा यातायातका साधनको चाप बढेसँगै ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यातायातका साधनको चाप बढेपछि सर्वसाधारणले सास्ती खेप्नु परेकै छ ।

यसको मारमा अत्यावश्यकीय साधन समेत पर्ने गरेका छन् । यातायातका साधान सहज रुपमा चल्न नपाउँदा एम्बुलेन्स लगायतका अत्यावश्यकी साधन समेत समस्यामा परेका छन् ।

त्यति मात्र होइन, यातायातका साधनको चाप बढेसँगै बुटवल क्षेत्रमा सडक दुर्घटना पनि बढेको छ । सडक अव्यवस्थित हुँदा सबै मार सर्वसाधारणले खेप्नु परेको छ ।

यातायातका साधनको चाप बढेसँगै समस्या उत्पन्न भएपछि ट्राफिक प्रहरीले व्यवस्थापनका लागि विभिन्न अभियान संचालन गर्दै आएको छ ।

तर, पुराना र साँघुरा सडक, पार्किङ क्षेत्रको अभाव लगायत समस्याले ट्राफिक व्यवस्थापन हुन सकेको छैन । बुटवलको ट्राफिक व्यवस्थापनका लागि विषेश योजना बन्न लागेको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय, बुटवलले जानकारी दिएको छ ।

ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले चालक लक्षित सडकको लेन प्रयोगबारे विभिन्न चेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ ।

तर, पनि बुटलको ट्राफिक व्यवस्थापनमा सुधार आउन सकेको छैन । यस्तै अवस्था रहने हो भने बुटवलको ट्राफिक व्यवस्थापन झनै चुनौतीपूर्ण बन्दै जाने ट्राफिक प्रहरीले अनुमान गरेको छ । त्यसैले, आफैले सास्ती भोग्नुभन्दा चालक आफै जिम्मेवार बन्नु पर्ने बेला आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV