२४ पुष २०७४, सोमबार

बर्दिया । बर्दियाको राजापुर स्थित एक होटलमा काम गरिरहेका १२ वर्षीय एक बालकको उद्धार गरिएको छ ।

महिला तथा बालबालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीको टोलीले होटलमा काम गरिरहेका आशाराम थारुको उद्धार गरेको हो ।

होटलमा बाल मजदुरको रुपमा काम गरिरहेका आशारामलाई उद्धारपछि सदरमुकाम गुलरिया ल्याइएको छ । उनलाई माया सदन नामक बालगृहमा राखेर अध्ययनको व्यवस्था मिलाईने महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गिरा बस्नेतले जानकारी दिनु भयो ।

सानै उमेरमा आसारम थारुका बाबु रामप्रसाद थारु बेपत्ता भएपछि आमा सोगरी थारुले पनि अर्कै विहे गरेपछि उनी एक्लो भएका थिए ।

त्यसपछि मामाघर बस्दै आएका आसाराम होटलमा काम गर्न पुगेका हुन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV