२४ पुष २०७४, सोमबार

काठमाडौं । प्रहरीले आमरण अनसनमा रहेका डा: गोविन्द केसीलाई आमरण स्थलबाटै पक्राउ गरेको छ । केसीलाई अदालतको मानहानी मुद्दामा सर्वोच्चले गरेको हो ।

अदालतको आदेश आएपछि प्रहरुीले तीन घन्टापछिने केसीलाई अनसन स्थलबाटै उठाएको छ। केसीलाई प्रहरीले पक्राउ गरेको डा: जीवन क्षत्रीले जानकारी दिएका छन् ।

 

उनलाई अनशनरत स्थल त्रिवि शिक्षण अस्पतालबाटै प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर महानगरीय प्रहरी प्रभाग सिंहदरबार लगिएको हो । उनले प्रतिक्रिया दिँदै मान नभएको अदालतको पूर्जी नमान्ने बताए पनि उनि प्रहरीसँग सरासर गएका छन् ।

यसअघि सोमबार दिउँसो सर्वोच्च अदालतले अनशनरत डाक्टर गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV