२४ पुष २०७४, सोमबार

काठमाडौं। सर्वोच्च अदालतले अवहेलना मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । डा केसीले न्यायमा किनबेच भएको भन्दै प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गर्दै अनशन सुरु गरेपछि सर्वोच्चले पक्राउ पुर्जी जारी गरेको हो ।

न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई मंगलबार विहान कार्यालय समयमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ । डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार चौधौं पटक आमरण अनशन सुरु गर्नुभएको छ । त्यसक्रममा उहाँले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको आरोप लगाउनु भएको थियो ।

लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले डा. केसीविरुद्ध अदालतको अवहेलनासम्वन्धी मुद्दा दायर गरेका थिए । त्यही मुद्दामा सुनुवाई गर्दै न्यायाधीश शाहीको इजलासले केसीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । अनशन सुरु गर्नु अघि भएको पत्रकार सम्मेलनमा डा. केसीले काठमाडौं नेशनल मेडिकल कलेजबारे गरेको आदेशलाई लिएर न्यायाधीश शाहीको पनि आलोचना गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV