२४ पुष २०७४, सोमबार

तेह्रथुम । प्रदेशको राजधानी माग गर्दै धनकुटाले अनिश्चितकालीन जिल्ला बन्द गराएपछि संखुवासभा, तेह्रथुम लगायत छिमेकी जिल्लाको जनजिवन कस्टकर बन्दै गएको छ।

पाँच दिनदेखि लगातार धनकुटा बन्द भएसँगै यातायातका साधन चल्न सकेका छैनन् । सदरमुकाम खाँदबारी, म्याङ्लुङबाट चल्ने साना तथा ठूला कुनै पनि सवारी साधन चल्न नसक्दा यात्रुहरू बीच बाटामा अलपत्र परेका छन् ।

बिहान खाँदबारीबाट यातायातका साधन छुटे पनि धनकुटा र संखुवासभाको सीमा केवाखोलामै रोकिनुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन् । बन्दकर्ताले राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक खुला गरे पनि ठाउँठाउँमा अवरोध हुने गरेको छ ।

बन्दबाट प्रत्यक्ष रुपमा बिरामी मर्कामा पर्ने गरेका छन् । जिल्ला अस्पतालबाट सिफारिस गरिएका बिरामी बीच बाटामै रोकिनुपरेको जिल्ला स्वास्थ्य प्रमुख डा विनितकुमार झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV