२४ पुष २०७४, सोमबार

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको नम्बर–१ भित्रबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा तीनजना महिला चयन भएका छन् । उनीहरुलाई नेपाली कांग्रेसले समानुपातिकबाट प्रदेशसभा सदस्य चयन गरेकोे हो । उनीहरु तीनैजनाको घर कपिलवस्तु नगरपालिका वडा नम्बर–१ मा पर्दछ ।

प्रदेशसभा सदस्यमा सिफारिस हुनेहरुमा रिना नेपाल विक, शान्तिदेवी वर्मा सोनार र रुन्धावती दुवे शर्मा प्रतिनिधि सभामा सिफारीस भएका हुन् ।

रिना दलितबाट, शान्तिदेवी अल्पसंख्यकबाट र रुन्धावती मधेसी महिला कोटाबाट कांग्रेसको समानुपातिक सिफारिसमा परेका छन् ।

सुरुमा रिना र रुन्धावतीमात्र सिफारिसमा परेका थिए । निर्वाचन आयोगले ‘कलस्टर’ र क्रमानुसार त्रुटि सच्याउन कांग्रेसलाई आग्रह गरेपछि अल्पसंख्यकको तर्फबाट शान्तिदेवीको नाम पछि सिफारिस गरिएको हो ।

शान्तिदेवी सिफारिसमा परेपछि यसअघि खसआर्यबाट सिफारिसमा परेकी रूपन्देहीकी सूर्यमति उपाध्यायको नाम भने काटिएको छ । प्रदेशसभा सदस्यको सिफारिसमा परेका यी तीनमध्ये एक कांग्रेस नेत्री हुन् भने दुई सामान्य कार्यकर्तामात्र हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV