२४ पुष २०७४, सोमबार
  • कविन्द्र शेर्मा,

पाँचथर । राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन राष्ट्रिय परिचयपत्र वितरण गर्ने उदेश्यले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान कार्यक्रम सुरु गरिएकोे छ ।

राष्ट्रिय परिचयपत्र ब्यबस्थापन कार्यालय सिंहदरबारबाट आएको टोलीले चाँडै राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको बताइएको छ ।
परिचयपत्रको रुपमा रहने स्मार्ट कार्डमा वैयक्तिकलगायतका विवरण समावेश गरिने भएको ।

देशका ७७ जिल्ला मध्ये यो अभियान पहिलो पटक पाँचथरबाट सुरु गरिएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन कार्यालय सिंहदरबारका कार्यकारी निर्देशक रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

यसैक्रममा पाँचथरमा सरकारी निकायका प्रमुख, सञ्चारकर्मी, स्थानीय निकायका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलाई राष्ट्रिय परिचयपत्रको महत्व र प्रयोगका बारेमा जानकारी गराइएको छ ।

गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र वितरण हुने कार्यकारी निर्देशक सुवेदीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV