२४ पुष २०७४, सोमबार
  • कबिन्द्र शेर्मा,

पाँचथर । पछिल्लो समय परम्परागत अन्न कोदोको परिकार खानेको संख्या घट्दो छ । गाउँघरबाट परम्परागत बाली कोदो रोप्ने चलन नै हराईसकेका छ । बढि मात्रामा जौको नै प्रयोग हुने गरेको छ ।

कोदोबाट बन्ने परिकारबाट बनेका परिकारबाट स्वास्थ्यलाई हुने फाइदाबारे आम मानिसलाई थाहा नहुँदा कोदो अपहेलित नै भएको छ । तर, पछिल्लो समय भने कोदोको परिकारबाट मानव स्वास्थ्यलाई पुग्ने फाइदा बुझेकाहरु भने व्यवसायीक रुपमा कोदो खेतीमा लागेका छन् ।

धेरैलाई कोदोको करिश्मा थाहा नै छैन । त्यसैले कोदोको परिकार प्रयोगमै आउन छोडेको थियो । तर, पछिल्लो समय कोदोको परिकारबाट हुने फाइदा बुझेका पाँचथरवासी भने व्यवसाकि कोदो खेतीमा लागेका छन् ।

कोदो खेतीमा किसान मोहित भएका छन् । कोदो खेतीमा किसानको जाँगर बढेसँगै आम्दानी पनि बढेको छ । त्यसैले पाँचथरमा व्यवसायिक कोदो उत्पादन हुन थालेको हो । कोदोबाट बनेका परिकार खाँदा स्वास्थ्यलाई हुने फाइदा बुझेपछि पाँचथरका किसान अहिले परम्परागत कोदो खेतीमा फर्केका हुन ।

कोदोबाट बनेका परिकारमा आइरनको मात्रा पाइन्छ । त्यसैले गर्भवती महिला तथा रक्तअल्पता भएका व्यक्तिका लागि कोदोका परिकार लाभदायी मानिन्छ । चिकित्सकका अनुसार कोदोबाट बनेका परिकार पोषिलो, स्वादिष्ट र अडिलो मात्र हुँदैन पर्याप्त मात्रामा आइरन समेत पाइन्छ ।

त्यसैले, रक्तअल्पता भएका व्यक्तिका लागि कोदोका परिकार अत्यन्तै लाभदायी हुने जिल्ला अस्पताल पाँचथरका चिकित्सक पवन साह बताउँछन् ।

पाँचथरकमा ४ हजार ८ सय १० हेक्टर जमिनमा कोदो खेती हुने गरेको छ । बर्षेनी ९ हजार ८ सय ८५ मेट्रिक टन कोदो उत्पादन हुने गरेको जिल्ला कृषि बिकास कार्यालय पाँचथरले जानकरी दिएको छ ।

यो तथ्याङ्कले पछिल्लो समय पाँचथरमा कोदो उत्पादन बढेको देखिन्छ । कोदो उत्पादन बढ्नु किसानका लागि फाइदाकै कुरा छ । अझ, विभिन्न रोगीका लागि कोदोका परिकार औषधि सरह नै हुने गरेको छ । त्यसैले, कोदो उत्पादक कृषकलाई राज्यले पनि प्रोत्साहित गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV