२४ पुष २०७४, सोमबार

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेतासँग कुरा गर्न इच्छुक रहेको बताएका छन् । डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरुसँग उनले भने– म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराकानी गरेको भने छैन ।

उत्तर कोरियाली नेता किम जोङ उनसँग फोनमै भएपनि कुराकानी गर्नुभएको त छैन भनी पत्रकारले सोधेको प्रश्नको जवाफमा ट्रम्पले कुरा गर्ने इच्छा रहेको तर कुरा भैनसकेको बताए ।उनले भने– म सधैँ वार्तामा विश्वास गर्ने मान्छे हुँ र उत्तर कोरियाली नेतासँग पनि वार्ता गर्ने कुरामा म इच्छुक छु भनेर बुझ्दा हुन्छ ।

राष्ट्रपति ट्रम्पले दुई कोरियाबीच हुन गइरहेको वार्ताको पनि स्वागत गरे । उनले भने– म त सधैँ वार्ताकै माध्यमबाट सबै समस्याको समाधान गर्नुपर्छ भन्नेमा विश्वास गर्छु र अमेरिकाको धारणा पनि यही हो ।
दुई कोरियाको बीचमा हुन गइरहेको वार्ताको स्वागत गर्दै उनले यस वार्ताबाट उनीहरुबीच आगामी दिनमा पनि सौहार्द वातावरण निर्माण हुन सकोस भन्ने आफ्नो धारणा रहेको पनि बताए ।

दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मङ्गलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको छ । दक्षिण कोरियाली अधिकारीहरुले वार्ताको तयारी भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV