२४ पुष २०७४, सोमबार

एजेन्सी । तीन वर्षअघि आदित्यसँग बिहे गरेकी अभिनेत्री रानी मुखर्जी आफ्नो आगामी फिल्म ‘हिचकी’बाट पुनः फर्कदैछन् । अहिलेको समयमा उनी फिल्म ‘हिचकी’को प्रोमोशनमा जुटेकी छन् ।

यसैक्रममा रानीले आदित्य चोपडासँग बिहेको गर्नुको राज पनि खुलाएकी छन् । रानीले प्रोमोशनको दौरानमा ‘यदि मेरो पति आदित्य चोपडा करण जोहर जस्तो भएको भए कहिल्यै उनको मायामा पागल हुने हुँदैनथेँ । आदित्य निकै पर्सनल छन् । उनी अधिकांश समय आफ्नो घरमा बिताउँन चाहन्छन् ।’ भनेकी छन् ।

त्यस्तै, उनले थपिन्, ‘आदित्य सँधै प्राइवेट रहन मन पराउँछन् । उनले कुनै पनि पार्टी, समारोहमा पनि उपस्थित हुन चाहँदैनन् । जुन कुरा करण जोहरसँग अलग रहरेको छ । त्यस्तै मेरो स्वभाव पनि त्यस्तै अलग रहेको छ । हामी सबै काफि समय आफ्नो परिवारसँग बिताउँन मन पराउँटछौं ।’

करण जोहर निकै सामाजिक रहेको रानी बताउँदै करण धेरै पार्टी समारोहहरुमा उपस्थित हुनुका साथै निकै काम गर्ने लगाएतको कुरा रानीले आफ्नो इन्टरभ्युमा खुलाएकी छन् ।

रानीको आगामी फिल्म ‘हिचकी’को निर्देशन सिद्धार्थ मल्होत्राले गरेका हुन् । यो फिल्मलाई यश राज फिल्म प्रोडक्शनले निर्माण गरेको हो । यो फिल्ममा अभिनेत्री रानीले एक शिक्षिकाको भुमिकामा देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV