२४ पुष २०७४, सोमबार

प्रदीप
स्वास्थ्य मन्त्रालयले जाजरकोट र हुम्लामा १२ जनाको मत्यु हुनुको कारण ज्वरो तथा रुघाखोकी नभएको निष्कर्ष निकालेको छ । स्वास्थ्य विभाग अन्तर्गतको ईपिडिमियालोजी तथा रोगनियन्त्रण महाशाखाका प्रमुख डा. भीम आचार्यले दुबै जिल्लामा रुघाखोकी र ज्वरोबाट नभई अन्य रोगबाट भएको जनाएको हो ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै जाजरकोटमा ६ जनाको मृत्यूको कारण ज्वरो तथा रुघाखोकी नभई एक जनाको क्षयरोग र ५ जना बृद्धाबृद्धको दमको कारण भएको जनाएको छ । त्यसैगरि क्रोनिक एब्डोमिनल पेन अर्थात अत्याधिक पेट दुखाईबाट मृत्यू भएको महाशाखाको भनाई छ । ईपिडिमियालोजी तथा रोगनियन्त्रण महाशाखाले प्रभावित स्थानमा स्वास्थ्यकर्मीको ३ वटा टोली बनाई प्रकोप व्यवस्थापनको कार्य भईरहेको समेत जनाएको छ ।

प्रकोप व्यवस्थापनको लागि आवश्यक पर्ने औषधि मौज्दातमा रहेको र औषधि अभाव भएमा महाशाखा वा क्षेत्रिय मेडिकल स्टोरबाट माग गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिईसकेको समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV