२४ पुष २०७४, सोमबार

२४ पुस, बुटवल । सिद्धार्थ केवलकार कम्पनीले १ अर्बको लागतमा बुटवलको देउरालीदेखि पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन गर्ने भएको छ । केबलकारको निर्माण आगामी बैशाखभन्दा अगाडिबाटै सुरु हुने सिद्धार्थ केवलकार कम्पनीले कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको भनाई अनुसार यो केबलकार २०२० को जनवरी सम्ममा सञ्चालनमा ल्याईने छ ।केबलकारको लम्बाई करिब २ किमी हुने कम्पनीले जनाएको छ ।

यस केबलकारको निर्माणपछि प्रत्यक्ष रुपमा ६० जना र अप्रत्यक्ष रुपमा १ सय ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीको दावी छ ।यो केवलकारमा ९० वटा डिब्बा राख्ने कम्पनीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV