२४ पुष २०७४, सोमबार

बढ्दो दुर्घटना न्यूनिकरण गर्न भन्दै गुल्मीमा जिल्ला प्रहरी कार्यालय गुल्मीले सडकमै सवारी सचालकलाई सचेतना अभियान सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीको सक्रियतामा आइतावार सदरमुकाम तम्घासबाट सवारी चालक,सवारी धनी र आम सर्बसाधरणलाई सचेतना अभियान सुरु गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका जवान भरत गुरुङ्गले जानकारी दिए ।

‘ट्राफिक नियम जानौ र मानौ आफु पनि बचौं र अरुलाई पनि बचाऔं’ अभियानका साथ सचेतना अभियान सुरु गरेको हो । सड्कमा तिब्र गतिमा सवारी चलाउँदा पर्न जाने समस्यासँगै वढ्दो दुर्घटना न्यूनिकरणलाई घटाउन भन्दै अभियान सुरुगरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।,खबर आजको नेपाल समाचारपत्र बाट लियिएको हो  ।

ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक डोरबहादुर थापाले एकै दिन सदरमुकाम तम्घासको चिदिचौर खेल मैदानमै र तम्घासकै खाजीगाउँ भगवती मन्दीर नजिकै चोकमा बिभिन्न सवारी चालक, सवारी धनी र सर्बसाधरणलाई राखेर दुर्घटना न्यूनिकरण गर्नजिम्मेरवार बन्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV