२४ पुष २०७४, सोमबार

काठमाडौँ । नेपालको चीनसँगको व्यापारघाटा उकालो लागिरहेकै समयमा चीन निकासी हुने सामानको परिमाण पनि घटेको छ। बढ्दो आयात र घट्दो निर्यातका कारण चीनसँगको व्यापार घाटा निरन्तर बढेको हो। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

नेपालबाट यार्सागुम्वा, जडीवुटी, गलैंचा, कफी, चियालगायत सामान चीन जाने गरेको छ। २०७२ सालमा आएको भूकम्पले तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारघाटा निरन्तर बढ्दै गएको छ।

आव २०७०-०७१ मा दुई अर्ब ५४ करोड रुपैयाँको सामान चीन गएको थियो। आव २०७३-०७४ मा यो मूल्य घटेर एक अर्ब ७० करोडमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV