२४ पुष २०७४, सोमबार

दमक । स्वदेश फिर्तीको माग गर्दै भुटान राष्ट्रिय मेलमिलाप समितिले आइतबार भुटानी राजालाई ज्ञापनपत्र पठाएको छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा अपमान हुने भन्दै स्वदेश फर्कन इच्छुक शरणार्थीलाई देश फर्काउन माग गरिएको समितिका अध्यक्ष कृष्णवीर तामाङले बताए ।

समितिले इमेल र हवाई कुरियरको माध्यमबाट राजा जिग्मेकेशर वाङ्चुक र प्रधानमन्त्री छिरिङ तोब्गेलाई ज्ञापनपत्र पठाएको हो । लामो समयदेखि भुटान फर्कन चाहने शरणार्थी भुटानी नागरिक भएकाले अब पनि उनीहरुको समस्या सुनवाइ नगरे नेपालमा भुटानी शरणार्थीको अवस्था तिब्बती शरणार्थीको जस्तै हुने पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV